FLASH NEWS
पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ । सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत । चितवन राइनोजद्वारा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित, भाेलि सुदूरपश्चिम राेयल्ससँग भिड्ने । भीमफेदीमा क्षमताभन्दा बढी सिट राखिएका ११ ईभी फेला । आप्रवासी श्रमिकहरुका लागि मानक रोजगार सम्झौता अनिवार्य हुनुपर्ने । प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच भेटवार्ता । नेपाल प्रिमियर लिग : कामिलको शतकमा चितवनद्वारा काठमाडौंलाई २०५ रनको विशाल लक्ष्य । एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष ओली । काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा । बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने नबिल बैंक, नवौँ पटक सम्मानित । एनआरएनएका पदाधिकारीलाई राजनीतिक आबद्धता त्याग्न महासचिवको सातदिने अल्टिमेटम । २४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा ।

२ मंसिर, काठमाडौं। चितवन राइनोज राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे क्वालिफायरमा पुगेको छ। आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दाेस्राे क्वालिफायरमा स्थान सुरक्षित गर्याे।

चितवन अब दाेस्राे क्वालिफायरमा भाेलि सुदूरपश्चिम राेयल्ससँग खेल्नेछ । काठमाडौं भने इलिमिनेटरबाटै बाहिरिएको छ।

जितका लागि पाएकाे २०५ रनको विशाल लक्ष्य पछ्याएकाे काठमाडौं १४३ रनमा राेकियाे। जसमा विल बसिस्टाेले सर्वाधिक ३७ रन बनाए। चितवनका रिजन ढकालले ४,उसामा मिरले ३ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनायाे । जसमा कामिल मिशाराले शतकीय पारी खेल्दै १२० रनमा अविजित रहे। यस्तै कप्तान रवी बाेपराले ५३ रन जाेडे। काठमाडौंका करण केसी र राशिद खानले २/२ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय