FLASH NEWS
‘सारथी’ को ट्रेलर सार्वजनिक । प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला । धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत उद्धार । एकैदिन तोलामा १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार । मलेसिया श्रमिक प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ । एनपीएल : आज विश्राम, भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी खेल्ने । हरिबोधिनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरि मनाउँदै । क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही । आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर । आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो, बाँकी भूभागमा मौसम सफा रहने । आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने ।

३ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताएका छन् ।

पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै विहीबार अध्यक्ष ओलीले निर्वाचन पूर्व भएका ध्वंस्स, आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे ।

‘हामी सरकारबाट अपदस्त हुँदाको अवस्थाको विष्लेषण नगरिक राजनीति हुदैन’ अध्यक्ष ओलीले भने ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नु पर्दछ । त्यती नबुझी राजनीति बुझिदैन ।’

अध्यक्ष ओलीले प्राविधिक कुरालाई मात्र देखाएर एमालेको आन्तरिक कमजोरीकै कारण एमालेको सरकारलाई बिस्थापन भयो भनेर बुझ्नु नहुने बताए । ‘अल्गोदिम लगाएर, सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्याइयो’ अध्यक्ष ओलीले भने ‘हामीप्रति घृणा फैलाएर,अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो ।’

अध्यक्ष ओलीले मौसमी छिचिमिरासँग कोही पनि डराउनु नहुने बताए । बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुदैन ।

‘यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छ । कतिपय आफैं भुइँमा झर्छन्,’ अध्यक्ष ओलीले भने ‘यस्ता प्रवृति विरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ ।’

अध्यक्ष ओलीले ससमाजलाई सबै भ्रमहरुबाट मुक्त गर्ने कामको अगुवाई एमालेले गर्ने बताए । समाजलाई निराशाको अवस्थाबाट बाहिर निकालेर पुनर्जागरण गराउने कामको नेतृत्व एमालेले गर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय