FLASH NEWS
‘सारथी’ को ट्रेलर सार्वजनिक । प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला । धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत उद्धार । एकैदिन तोलामा १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार । मलेसिया श्रमिक प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ । एनपीएल : आज विश्राम, भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी खेल्ने । हरिबोधिनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरि मनाउँदै । क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही । आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर । आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो, बाँकी भूभागमा मौसम सफा रहने । आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने ।

४ मङ्सिर, काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वलाई हिन्दु धर्ममा विशेष महत्त्वका साथ लिने गरिन्छ ।

एकादशीमध्ये सबैभन्दा ठूलो र महत्त्वपूर्ण मानिने भएकाले यसलाई जनजिब्रोमा ठूली एकादशी पनि भन्ने गरिन्छ । धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुन्छन् । चार महिनापछि भगवान् विष्णु जागा हुने विश्वासका साथ यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो ।

हरिबोधिनी एकादशीका दिन तुलसी विवाह गर्ने परम्परा पनि छ । यस अवसरमा भगवान् विष्णुको स्वरूप मानिने शालिग्राम र तुलसीको विवाह गराउने धार्मिक चलन रहेको छ । हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको मठ सजाएर विधिपूर्वक पूजा तथा विवाह सम्पन्न गर्ने गर्छन् ।

वैदिक सनातन हिन्दु धर्मशास्त्रमा तुलसीलाई अत्यन्त पवित्र वनस्पतिका रूपमा लिइएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै आयुर्वेदमा समेत तुलसीको विशेष स्थान रहेको छ । यही कारण हिन्दु धर्मावलम्बीहरूले घरको आँगनमा तुलसीको मठ निर्माण गरी नियमित रूपमा पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

सनातन परम्पराअनुसार प्रातःकाल उठेर तुलसीमा जल अर्पण गर्ने, पूजा गर्ने र नमन गर्ने चलन छ । जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक संस्कारमा समेत तुलसीको पात तथा बिरुवाको प्रयोग गरिन्छ । पूजाआजा, धार्मिक अनुष्ठान र शुभकार्यमा तुलसीको प्रयोगलाई विशेष पवित्र मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय