४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँ घटेको छ । हिजो बिहीबार प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५२७.२२ र चाँदी ४१.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । लगातार घट्दै सुनको मूल्य दुई लाख ४५ हजार ४०० रुपैयाँमा झरेको हो ।








