FLASH NEWS
‘सारथी’ को ट्रेलर सार्वजनिक । प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला । धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत उद्धार । एकैदिन तोलामा १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार । मलेसिया श्रमिक प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ । एनपीएल : आज विश्राम, भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी खेल्ने । हरिबोधिनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरि मनाउँदै । क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही । आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर । आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो, बाँकी भूभागमा मौसम सफा रहने । आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने ।

४ मंसिर, सर्लाही । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत फेला परेका छन् । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत्यु भएको हो ।

बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पु-याइएको थियो । तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । उनको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन ।

घटनाको थप अनुसन्धानका लागि प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय