FLASH NEWS
भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने । नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी । अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु । तोलामा ४८ सयले बढेर २ लाख ४७ हजार ४०० भयो सुनको मूल्य । भारतमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान । गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी । बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने । नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान ।

७ मंसिर, काठमाडौं । मारवाडी समुदायको कला, संस्कृति, परम्परा, वेशभूषा तथा खानाका परिकारको संरक्षण, प्रदर्शन र प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘मारवाडी महोत्सव २०८३’ आयोजना हुने भएको छ ।

प्रेस्टिज इभेन्ट्स मारवाडी समाजको आयोजनामा आगामी मंसिर १२ गते शनिबार काठमाडौंको भृकुटीमण्डप बगैँचा क्षेत्रमा एकदिने महोत्सव आयोजना गर्न लागिएको हो ।

आयोजकले पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै नेपालमा लामो समयदेखि बसोबास गर्दै आएको मारवाडी समुदायको मौलिक पहिचान, कला, संस्कृति र परम्परालाई आम सर्वसाधारणमाझ परिचित गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको जनाएको छ ।

महोत्सवमा मारवाडी समुदायको ऐतिहासिक पृष्ठभूमि, रहनसहन, रीतिरिवाज, चाडपर्व, परम्परागत पहिरन तथा खानाका विभिन्न परिकार प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी, महोत्सवमा राजस्थानी लोकनृत्य, सूफी संगीत, अन्य सांगीतिक प्रस्तुति, लोकबाजा तथा कठपुतली नाचलगायत सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ ।

आयोजकका अनुसार नेपालमा मारवाडी समुदायले व्यापार तथा व्यवसायका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस समुदायले विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै मुलुकको राजस्व र आर्थिक गतिविधिमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।

तर मारवाडी समुदायको कला, संस्कृति, खानपान, वेशभूषा र परम्पराबारे अन्य समुदायका मानिसलाई पर्याप्त जानकारी नभएकाले तिनको परिचय र प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

महोत्सवले विभिन्न समुदायबीच सांस्कृतिक आदानप्रदान, आपसी सद्भाव र सामाजिक एकता अभिवृद्धिमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

आयोजकले महोत्सवमा सर्वसाधारणको सहभागिताका लागि आग्रह गर्दै सञ्चारमाध्यमलाई पनि कार्यक्रमको प्रचारप्रसारमा सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय