FLASH NEWS
उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने । नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी । अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु ।

रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले नेपाली बजारमा नयाँ मोटरसाइकल ‘गुरिल्ला ४५०’ सार्वजनिक गरेको छ । कम्पनीले रोयल इन्फिल्डको नयाँ मोडल ‘गुरिल्ला ४५०’ तीन वटा भेरियन्टमा नेपाली बजारमा ल्याएको हो ।

एपेक्स, ड्यास र फ्ल्यास भेरियन्टमा गुरिल्ला ४५० उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने छ ।

 

रोयल इन्फिल्डका सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गुरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, ‘ नेपालमा गुरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साह जनक कदम हो, यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो, चुस्त, सहज र दमदार पर्फमेन्स भएको यो मोटरसाइकल स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा हामी विश्वस्त छौं ।’

गुरिल्ला ४५० मा ४५२ सीसीको सिंगल सिलिन्डर लिक्विड–कुल्ड इन्जिन प्रयोग गरिएको छ । यसले ८,००० आरपीएममा ४० पीएस पावर र ५,५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार ८५ प्रतिशत भन्दा बढी टर्क ३,००० आरपीएमबाटै उपलब्ध हुने भएकाले शहरदेखि हाईवे सबै प्रकारका सडकमा सहज परफर्मेन्स दिनेछ ।

यो मोटरसाइकलमा ६–स्पिड गियरबक्स रहेको छ । स्लिप क्लच, राइड–बाइ–वायर प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दोरी राइडिंग मोड यो मोटरसाइकल उपलब्ध रहेको कम्पनीले बताएको छ । मोटरसाइकलका सबै भेरियन्टमा रोयल इन्फिल्डको ४ इन्च टीएफटी ‘ट्रिपर ड्यास’ उपलब्ध हुनेछ, जसमा गुगल नक्सा–सञ्चालित नेभिगेसन र सिमलेस स्मार्टफोन जडान सुविधा समावेश छ ।

कम्पनीले तीन वटै भेरियन्टको मूल्य ८ लाख ९९ हजार रुपियाँ तोकेको छ । साथै, कम्पनीले गुरिल्ला ४५० को बुकिङ खुला भइसकेको र नेपालभर रोयल इनफिल्डका शोरुम उपलब्ध रहेको कम्पनीले जनाकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय