FLASH NEWS
नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर ।

ब्राजिलले स्कटल्यान्डलाई ३-० गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबल २०२६ को समूह ‘सी’ विजेता बनेको छ । मियामीमा भएको खेलमा स्कटल्यान्डको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै ब्राजिलले सहज जित निकालेको हो ।

 

समूह चरणबाट इतिहासमै पहिलो पटक नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएको स्कटल्यान्डलाई कम्तीमा एक अंक आवश्यक थियो । तर लगातार भएका रक्षात्मक गल्तीले टोलीको सपना संकटमा परेको छ । अब स्कटल्यान्डको भविष्य अन्य समूहका नतिजामा निर्भर रहनेछ ।

खेलको सुरुआतमै स्कट म्याकेन्नाले बल नियन्त्रणमा ढिलाइ गर्दा ब्राजिलका युवा खेलाडी रायनले बल खोसेका थिए । त्यसपछि उनले दिएको पासलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यसपछि ब्राजिलले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्दै थप दुई गोल गर्‍यो र सहज जित सुनिश्चित गर्‍यो । ब्राजिलका लागि भिनिसियस जुनियरले यस खेलमा २ गोल गरे भने माथेअस कुन्हाले एक गोल गरेका थिए । ब्राजिलका लागि यस खेलमा नेइमार २०२३ पछि पछिलो पटक राष्ट्रिय टिममा फर्किनु सुखद पक्ष रह्यो ।

जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको छ । पराजित स्कटल्यान्ड भने तीन अंकमा सीमित रहँदै उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोलीहरूको सूचीमा पर्ने आशामा रहेको छ । तर त्यसका लागि उसले अन्य समूहका खेलको नतिजा कुर्नुपर्ने अवस्था आएको छ ।

समूह ‘सी’ को अर्को खेलमा मोरक्कोले हैटीलाई ४-२ ले पराजित गरे पनि समूह विजेता बन्न भने सकेन । ब्राजिलको जितसँगै मोरक्को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ ।

एटलान्टामा भएको खेलमा विश्व वरियतामा ८३औँ स्थानमा रहेको हैटीले दुई पटक अग्रता बनाएर मोरक्कोलाई दबाबमा पारेको थियो । खेलको १०औँ मिनेटमा लेनी जोसेफको प्रहार मोरक्कोका गोलरक्षक यासिन बोनोमा लागेर जाली चुम्दा हैटीले अग्रता लियो । उक्त गोल आत्मघाती गोलका रूपमा दर्ता भयो ।

मोरक्कोका लागि अच्राफ हाकिमीले ३९औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि विल्सन इसिडोरले उत्कृष्ट प्रहारमार्फत हैटीलाई पुनः अग्रता दिलाए । तर पहिलो हाफको अतिरिक्त समयमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई २-२ को बराबरीमा ल्याए । दोस्रो हाफमा मोरक्कोले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्‍यो। खेल सकिन १२ मिनेट बाँकी रहँदा सुफियान रहिमीले गोल गर्दै टोलीलाई पहिलो पटक अग्रता दिलाए। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गेसिम यासिनले अर्को गोल थपेपछि मोरक्कोले ४-२ को रोमाञ्चक जित हात पार्‍यो ।

पराजित भए पनि हैटीले प्रतियोगितामा सम्झनलायक प्रदर्शन गर्‍यो । यसअघि ब्राजिल र स्कटल्यान्डसँग पराजित भइसकेको हैटी प्रतियोगिताबाट बाहिरिसकेको थियो । तर विश्वकपमा ५२ वर्षपछि गोल गर्न सफल हुँदै टोलीले आफ्नो गोल सङ्ख्या दोब्बर बनाएको छ ।

समूह ‘सी’ बाट ब्राजिल समूह विजेता र मोरक्को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन् । स्कटल्यान्ड भने उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोलीमध्ये पर्न सके मात्र अघिल्लो चरणमा पुग्नेछ भने हैटी प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय