FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा कुरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरण प्रवेश गरेको छ।

शुक्रबार बिहान भएको खेलमा आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो । खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको ७ औं र ६४ औं मिनेटमा गोल गरेका हुन् ।

यो समूहमा जर्मनी ३ खेलमा २ जित र एक हारसँगै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ । आजको जितसँगै आइभरी कोस्टले पनि समान दुई जित र एक हारसहित ६ अंक जोडेपनि गोलअन्तरमा पछि परेर समूह उपविजेतामा सीमित बन्यो ।

आजै भएको अर्को खेलमा जर्मनीसँग जित निकालेको इक्वेडर एक हार एक बराबरी र एक जितसहित ४ अंक जोडेर अंक तालिकामा तेस्रो रह्यो । यद्यपि उत्कृष्ट तेस्रो टिम बनेर इक्वेडरले पनि नक आउट चरणको यात्रा सुरक्षित गरेको छ ।

कुरासाओ भने तीन खेलमा एक बराबर र दुई हारसहित प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय