FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१२ असार, काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह ‘एफ’ को विजेता बनेको छ ।

नेदरल्याण्ड्सले ट्युनिसियालाई ३-१ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाति गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो । सातौँ मिनेटमा ब्रायन बबीको गोलमा नेदरल्याण्ड्स २-० को स्थितिमा पुग्यो । ट्युनिसियाका हाजेम मस्त्यौरीले गोल फर्काएका थिए ।

६३ औँ मिनेटमा नेदरल्याण्ड्सका जोन पाउल भानले गोल गरेपछि नतिजा ३-१ मा पुगेको हो । समूह चरणका खेलमा नेदरल्याण्ड्सले जापानसँग बराबरी खेल्दै १ र स्वीडेनसँग ५-१ अन्तरले विजयी हुँदै तीन अंक बुटलेको थियो।

ट्युनिसियासँगको जितबाट तीन अंक प्राप्त गरेसँगै तालिकामा नेदरल्याण्ड्सको अंक सात पुगेको छ ।  समूह चरणका सबै खेलमा पराजित भएको ट्युनिसिया भने विश्वकपबाट बाहिरिन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय