FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा टर्किले अमेरिकालाई हराएर सनसनी मच्याएको छ ।

आज बिहान सम्पन्न खेलमा टर्किएले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै अमेरिकालाई ३–२ ले हराएको हो । खेलको तेस्रो मिनेटमै अस्टन ट्रस्टीले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । १० मिनेटमा आर्दा गुलेरले गोल गर्दै टर्किएलाई बराबरीमा ल्याए । ३१ औँ मिनेटमा टर्किएका बान्स अल्पर यिल्माजले गोल गर्दै टर्किएलाई अग्रता दिलाए ।

अमेरिकाले ४९ औँ मिनेटमा सेबास्टियन बेर्हाल्टरको गोलबाट २–२ को बराबरी गर्यो । इन्जुरी समयको आठौँ मिनेटमा कान ऐहानले गोल गर्दै टर्किएलाई सनसनीपूर्ण जित दिलाए । तर यो जित अर्को चरण प्रवेश गर्न पर्याप्त नभए पनि सान्त्वना तर सम्झनयोग्य जित रह्यो ।

अमेरिका ६ अंकसहित समूह विजेता भन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने यो समूहबाट उपविजेता बन्दै अष्ट्रेलिया अन्तिम ३२ मा पुगेको छ । समाचार चार अंकको पाराग्वे पनि नकआउटमा पुग्ने सम्भावना छ । तेस्रो स्थानका १२ टिममध्ये उत्कृष्ट आठले उक्त अवसर पाउँछन् ।

अष्ट्रेलिया र पाराग्वेले बिहानको खेलमा गोलरहित बराबरी खेले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय