FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालय तथा कलेजबारे जानकारी उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा दुई दिने इण्डियन एजुकेशन फेयर (शैक्षिक मेला) शुरु भएको छ ।

समृद्धि एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा इन्ट्रोडक्सन ट्रेडसोज नेपाल प्रा.लि.को व्यवस्थापनमा शुक्रवारदेखि काठमाडौंको एभरेस्ट होटलमा मेला शुरु भएको हो ।

शैक्षिक मेलामा नेपालका विभिन्न शैक्षिक परामर्श संस्थामार्फत भारतीय कलेज तथा विश्वविद्यालयका प्रतिनिधि सहभागी छन् । मेलामा प्लस–टु तथा स्नातक तह पूरा गरेका वा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई निःशुल्क शैक्षिक परामर्श प्रदान गरिने मेलाका व्यवस्थापक इन्ट्रोडक्सन ट्रेडसोज नेपाल प्रा.लि.का प्रतिनिधि सुमन महर्जनले जानकारी दिए ।

उनकाअनुसार विद्यार्थीले भारतीय विश्वविद्यालयमा उपलब्ध अध्ययन कार्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रिया, शुल्क, छात्रावास, खानपान, अध्ययन खर्च तथा अन्य सुविधाबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।

हालै प्लस–टुको नतिजा सार्वजनिक भएकाले आगामी अध्ययन र विषय छनोटबारे अन्योलमा रहेका विद्यार्थीलाई मेला उपयोगी हुने उनले बताए ।

उनले भने, ‘भर्खरै प्लस टुको परीक्षा दिएका विद्यार्थीहरूका लागि भविष्यमा के पढ्ने, कुन विषय रोज्ने र कहाँ गएर अध्ययन गर्ने भन्ने विषयमा धेरै जिज्ञासा र अन्योल हुनसक्छ । त्यसैलाई मध्यनजर गर्दै आयोजना गरिएको ‘इन्डिया वान कन्ट्री इभेन्ट’ मा सहभागी भएर विद्यार्थीले भारतमा अध्ययनसँग सम्बन्धित सम्पूर्ण जानकारी एकै स्थानबाट प्राप्त गर्न सक्नेछन् । यहाँ भारतका उत्कृष्ट विश्वविद्यालयहरू, उपलब्ध छात्रवृत्ति, अध्ययन प्रक्रिया, विभिन्न कलेज तथा विश्वविद्यालयले प्रदान गर्ने छुट र स्कलरसिप, साथै होस्टेल, खानपान, शुल्क र अन्य आवश्यक सुविधाबारे विस्तृत जानकारी उपलब्ध हुनेछ । त्यसका साथै, आफ्नो रुचि र भविष्यअनुसार कुन विषय छनोट गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा विशेषज्ञबाट काउन्सेलिङ लिने अवसर पनि प्राप्त गर्नुहुनेछ ।’

इच्छुक विद्यार्थीलाई मेला अवलोकन गरी विशेषज्ञसँग परामर्श लिन आयोजकले आग्रह गरेको छ । शनिवारसम्म चल्ने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय