FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सुदूरपश्चिम विश्वविद्यालयले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय परिसरमा छैटौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमार्फत शिक्षा, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ, कृषि विज्ञान तथा विज्ञान तथा प्रविधि गरी ६ वटा संकायका २ हजार ४ सय ८९ जना स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी तहका विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ।

दीक्षान्तका लागि ठुलो सङ्ख्यामा विद्यार्थी योग्य भए पनि समारोहमा ७ सय ६७ जना विद्यार्थी मात्र भौतिक रूपमा सहभागी भएका थिए। विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार शिक्षा संकायबाट २४२, व्यवस्थापनबाट २३९, मानविकीबाट १८२, इन्जिनियरिङबाट ५३, कृषि विज्ञानबाट ३३ तथा विज्ञान तथा प्रविधिबाट १८ जना विद्यार्थी समारोहमा प्रत्यक्ष सहभागी भएका थिए। समारोहमा उत्कृष्ट विद्यार्थीलाई स्वर्ण तथा डिन पदक प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय