FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१४ असार, काठमाडौं । अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार इरानका विभिन्न सैन्य पूर्वाधारमाथि अतिरिक्त आक्रमण गरेको जनाएको हो ।

सेन्टकमका अनुसार शुक्रबार इरानी आक्रमणको जवाफस्वरूप अमेरिकी कारबाहीपछि इरानलाई युद्धविराम सम्झौताको पालना गर्ने अवसर दिइएको थियो । तर, इरानले शनिबार बिहान करिब ४ः३० बजे (स्थानीय समय) एकतर्फी आक्रमणकारी ड्रोन प्रहार गरी पानामाको झण्डा बोकेको तेलवाहक ट्याङ्कर लाई निशाना बनाएको आरोप अमेरिकाले लगाएको छ । उक्त  जहाज होर्मुज जलडमरूमध्य नजिकै दुई करोडभन्दा बढी ब्यारेल कच्चा तेल बोकेर गइरहेको सेन्टकमले जनाएको छ ।

अमेरिकी सेनाले त्यसपछि इरानको सैन्य निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा समुद्री सुरुङ (माइन) बिछ्याउने क्षमतासम्बन्धी सैन्य संरचनामाथि लक्षित आक्रमण गरेको जनाएको छ । सेन्टकमले होर्मुज जलडमरूमध्य हुँदै अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवतजावत जारी रहेको उल्लेख गर्दै अमेरिकी सेना सतर्क, सक्षम र आवश्यक परे थप कारबाहीका लागि तयार रहेको जनाएको छ ।

यता, इरानको खाताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम अलफिकारले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई कडा चेतावनी दिएका छन् ।

उनले लेखेका छन,‘तिमीहरूले हाम्रो सार्वभौमिकतामाथि प्रहार गरेका छौ। अब समीकरण बदल्ने व्यावहारिक जवाफको अपेक्षा गर । तिमीहरूले गलत आकलन गरेका छौ र हाम्रो धैर्य समाप्त भइसकेको छ । लामो र अन्त्यहीन रातको तयारी गर । अबका केही घण्टाले हाम्रो शक्तिको उत्तर दिनेछन् ।’

यसैबीच, बहराइनले पनि शनिबार इरानमाथि आफ्नो भूमिमा धेरै ड्रोन प्रहार गरेको आरोप लगाएको छ । बहराइनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घटना आफ्नो सार्वभौमिकतामाथिको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै यसले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्ने प्रयासलाई कमजोर बनाएको आरोप लगाएको छ । यो घटनाक्रम पश्चिम एसियामा हालैको द्वन्द्व अन्त्य गर्न गरिएको युद्धविराम लागू भएपछि अमेरिका र इरानबीच पहिलो पटक प्रत्यक्ष सैन्य आक्रमण आदानप्रदान भएको केही घण्टापछि सार्वजनिक भएको हो । एएनआई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय