FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१४ असार, काठमाडौं ।  फिफा विश्वकप-२०२६ अन्तर्गत केही बेरअघि सकिएको समूह ‘जे’को खेलमा अल्जेरिया र अस्ट्रियाले रोमाञ्चक बराबरी खेलेका छन्।

दुवै टोली ३–३ गोलको बराबरीमा खेलेर नकआउट चरणमा प्रवेश गरेका छन्।

अस्ट्रियाले खेलको २८ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता बनाएको थियो। अस्ट्रियाका मार्को अर्नाटोभिचले पहिलो गोल गरे।

अल्जेरियाका रफिक बेलघालीले ४५ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याए।

खेलको ५५ औँ मिनेटमा अस्ट्रियाका मार्सल सबिट्जरले गोल गरेर खेललाई २(१ को अवस्थामा ल्याए। ६० मिनेटमै अल्जेरियाका रिहाद महरेजले गोल गर्दै खेललाई २(२ को बराबरीमा ल्याए।

इन्जुरी समयको तेस्रो मिनेटमा महरेजले अर्को गोल गर्दै अल्जेरियालाई ३(२ को अवस्थामा पुयाए।  तर, इन्जुरी समयको छैटौँ मिनेटमा अस्ट्रियाका सासा कालाज्डेजिकले गोल फर्काएर खेललाई ३–३ को बराबरीमा टुंग्याए।

यो समूहबाटअस्ट्रिया र अल्जेरिया नकआउट चरणमा प्रवेश गर्दा गर्दा गोल अन्तरको आधारमा अल्जेरिया तेस्रो भए पनि नकआउट चरणमा पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय