FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेश महिला टोलीले जितेको छ ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा  आइतबार भएको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोशी च्याम्पियन बनेको हो ।

सन्तुलित ब्याटिङ र कसिलो बलिङको प्रदर्शन गर्दै कोशी प्रदेशले विभागीय टोली एपीएफलाई हराएर प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो । टोलीका लागि काजोल श्रेष्ठले सर्वाधिक ३८ रन बनाइन् भने प्रिन्सा रानाम मगरले १६ र रुबिना क्षेत्रीले १२ रनको योगदान दिइन् ।

एपीएफका तर्फबाट सबनम राई, सुमन बिष्ट र सीता राना मगरले समान एक–एक विकेट लिए। ९९ रनको लक्ष्य पछ्याएको एपीएफ १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय