FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१६ असार, काठमाडौं । सडन डेथमा जर्मनीलाई हराउँदै पाराग्वेले जारी विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

मंगलबार बिहान बोस्टन स्टेडिममा भएको खेलमा पाराग्वे पेनाल्टी सुटआउटमा ४–३ ले विजयी भएको हो। पहिलोपटक युरोपियन टोलीलाई नकआउटमा हराएर पाराग्वेले इतिहास रचेको हो।

उता चारपटकको विश्वविजेता जर्मनीको यात्रा भने सुरुवाती ३२ बाटै टुंगिएको छ। पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन्।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय गरिएको हो।

जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय गरिएको यो पहिलो खेल बनेको छ।

पेनाल्टीसुटआउटमा पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले गोल गरे। जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे।
सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई(दुई प्रहार रोक्दा ३(३ को बराबरी भएको थियो। त्यसपछि जर्मनीका ताहले छैटौँपटक गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो।

यसपछि पाराग्वेका जोसे कानालेले गरेको प्रहार गोलमा परिणत भयो र टोली विजयी भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय