FLASH NEWS
नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर ।

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ०८ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो ५२ रुपैयाँ रहेको छ ।

यसैगरी, गाँजर ९लोकल० प्रतिकिलो ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, मूला रातो प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।

मटरकोशा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) ७० रुपैयाँ, तीते करेला प्रतिकिलो २०, लौका प्रतिकिलो ३० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) २५ रुपैयाँ, घिरौला प्रतिकिलो ३० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो १५ रुपैयाँ, भिण्डी प्रतिकिलो २० रुपैयाँ, सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ, पिंडालु प्रतिकिलो ९० रुपैयाँ, स्कुस प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ५० रुपैयाँ, चमसुरको साग प्रतिकिलो ५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी २८० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ, कुरीलो प्रतिकिलो २५० रुपैयाँ, न्युरो प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै समितिले स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, केरा नेपाली प्रतिकिलो २०० रुपैयाँ, कागती प्रतिकेजी १७० रुपैयाँ, अनार प्रतिकिलो ४२० रुपैयाँ, केरा (मालभोग) दर्जन १८० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो ९० रुपैयाँ, आँप (दसहरी) प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ४० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, लीच्ची (लोकल) प्रतिकिलो १८० रुपैयाँ, लीच्ची (भारतीय) प्रतिकिलो २८० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय