FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१६ असार, काठमाडौँ । मोरक्को विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम ३२ को खेलमा उपाधि दावेदार नेदरल्याण्ड्सलाई पराजित गर्दै मोरक्को प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

मोरक्को पेनाल्टी सुटआउटमा ३–२ ले विजयी भयो ।

यसअघि निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी तथा त्यसपछि थपिएको ३० मिनेटमा दुवैतर्फ गोल नभएपछि पेनाल्टी सुटआउटमा निर्णय भएको हो । निर्धारित ९० मिनेटको इन्जुरी समयको पहिलो मिनेटमा मोरक्कोका इसा डिओपले चेम्सडाइन टाल्बीको क्रस पासमा हेड गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यसअघि नेदरल्याण्ड्सका लागि खेलको ७२ औँ मिनेटमा कोडि गाक्पोले गोल गरेका । कोडिले क्रिसेन्सिओ समरभिल्लेको पासमा गोल गरेका थिए । १२० मिनेटको खेलमा मोरक्को हावी रह्यो । मोरक्कोले ७० प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको थियो ।

मोरक्कोले गोलका लागि पाँच ओटा प्रहार गरेकामा गोलकिपरले विफल पारेका थिए । नेदरल्याण्ड्सको भने एक प्रहार मात्र गोलकिपरले रोक्न पाएका थिए ।

अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल र पाराग्वे प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो । पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय