FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

आज असार १६ गते (जुन ३० तारिख) देखि मनसुन देशभर फैलिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा मनसुन पुगेको हो। योसँगै आजदेखि मनसुन पूरै देशमा विस्तार भएको छ।

असार ५ गते (जुन १९ तारिख ) कोसी प्रदेशबाट प्रवेश गरेको मनसुन देशभर फैलिन १२ दिन लागेको छ।

नेपालमा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ तारिख हो। यो मितिभन्दा ६ दिन ढिला नेपाल प्रवेश गरेको मनसुन सुरुमा कोसी प्रदेशका केही भागमा मात्र सीमित भएको थियो।

यसपछि असार ८ गते कोसी प्रदेशका बाँकी सबै स्थान, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमासम्म विस्तार भएको थियो।

अहिले बाँकी रहेका सबै स्थानमा मनसुन पुगेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय