FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२, पर्सामा विद्यालय बसले किच्दा बसका खलासी र एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका अनुसार पायोनियर एजुकेसन स्कुल, लहान नगरपालिका–१२, भोटियाटोलको को।१ ख ३५९९ नम्बरको विद्यालय बसले किच्दा २२ वर्षीय खलासी ओमप्रकाश यादव र शिशु कक्षामा अध्ययनरत पाँच वर्षीया समीक्षा साहको मृत्यु भएको हो।

प्रहरी निरीक्षक केशव कटुवालका अनुसार मङ्गलबार अपराह्न विद्यालय बसले विद्यार्थीलाई घर पुर्‍याउन पुगेको थियो। बालिका समीक्षा बसबाट ओर्लिएपछि बस अगाडि बढ्ने क्रममा र बसका खलासी यादव पछाडिको चक्कामुनि पर्नुभएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि बस चालक फरार रहेका छन्। बसलाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कटुवालले बताउनुभयो।

मृतक समीक्षा साह सप्तरीको बोदेबरसाइन नगरपालिका–८ निवासी गजेन्द्र साहकी पाँच वर्षीया छोरी हुनुहुन्छ। उहाँ सिरहाको लक्ष्मीपुर पतारी–२, पर्सास्थित मावलीघरमा बस्दै उक्त विद्यालयमा अध्ययनरत हुनुहुन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय