FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१८ असार,  काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा सेनेगललाई पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको सियातलमा भएको रोमाञ्चक खेलमा सेनेगललाई ३-२ गोलअन्तरले पराजित गर्दै बेल्जियम प्रतियोगिताको अन्तिम १६ अर्थात् प्रिक्वाटर्डफाइनलमा प्रवेश गरेको हो।

बेल्जियमले दुई गोलले पछाडि रहेको स्थितिबाट यो उत्कृष्ट पुनरागमनको जित रचेको हो । अतिरिक्त समयको अन्त्यतिर ममुडो लामिनले टेलेमन्समाथि फल गरेपछि बेल्जियमले नाटकीय ढंगले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

त्यसअगाडि सेनेगलका लागि हबिब डिएराले २५ औं मिनेटमा गोलको खाता खोले । इस्माइल सारले उत्कृष्ट गोल गर्दै ५१ औं मिनेटमा टिमको अग्रता दोब्बर पारे । खेलमा केही मिनेट बाँकी रहेको बेला सेनेगल जिततर्फ अग्रसर देखिएको थियो । तर रोमेलु लुकाकुले ८६ औं मिनेटमा बेल्जियमका लागि पहिलो गोल गरे । त्यसपछि ८९ औं मिनेटमा योरी टेलेमन्सले बराबरी गोल फर्काए । अतिरिक्त समयको अन्त्यतिर पाएको पेनाल्टीमा बेल्जियमले नाटकीय जित दर्ज गर्‍यो ।

अब बेल्जियमले क्वाटरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया एन्ड हर्ज गोभिनाबीच बिहीबार नै हुने खेलको विजेताको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय