FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

संयुक्त राज्य अमेरिका सन् २००२ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाले अब अन्तिम १६ मा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।

 

बोस्निया-हर्जेगोभिनाविरुद्धको खेलमा अमेरिकाले १० खेलाडीमा सीमित हुँदै पनि २-० को जित हात पार्यो । पहिलो हाफमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा तारिक मुहरेमोभिचमाथि गरिएको चुनौतीका कारण बालोगुनले रातो कार्ड पाएपछि खेलको बाँकी २६ मिनेट अमेरिका १० खेलाडीमा सीमित भएको थियो ।

संख्यात्मक रूपमा कमजोर बने पनि अमेरिकाले दबाबलाई राम्रोसँग सामना गर्यो । खेलको ८२औं मिनेटमा अमेरिकाका मालिक टिलम्यानले आकर्षक फ्रिकिकमार्फत अर्को गोल गर्दै अग्रता दोब्बार पारेका थिए ।

यस जितसँगै आयोजक अमेरिकाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ, जहाँ उसले बेल्जियमको चुनौती सामना गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय