FLASH NEWS
कांग्रेस सभापति थापाद्धारा प्रदीप गिरि फेलोसिपको उदघाटन । सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु । भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग सभामुख अर्यालको भेट । बझाङको बुंगलमा अटो दुर्घटना : तीन जनाको मृत्यु । तीन देशका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ । मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर । रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा । धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ जना घाइतेको सूची सहित । छठ पूजा स्थल तोडफोड गर्ने दुई जना पक्राउ । महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा । नवलपुरमा सवारीसाधन दुर्घटना हुँदा २५ जना घाइते । एनपीएल: लिग चरणका खेल सम्पन्न, आज विश्राम ।

३० कात्तिक, नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुबाहक बस आज बिहान जिल्लाको कावासोती–११ लोकाहामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले नियन्त्रण गुमाउँदा आज बिहान करिब ६ः४० बजेको समयमा बस दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेहरुका मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको पण्डितले जानकारी दिएका थिए  । बस दुर्घटनास्थलमा नै रहेको भन्दै उहाँले घाइतेहरुको विवरण आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय