FLASH NEWS
कांग्रेस सभापति थापाद्धारा प्रदीप गिरि फेलोसिपको उदघाटन । सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु । भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग सभामुख अर्यालको भेट । बझाङको बुंगलमा अटो दुर्घटना : तीन जनाको मृत्यु । तीन देशका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ । मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर । रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा । धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ जना घाइतेको सूची सहित । छठ पूजा स्थल तोडफोड गर्ने दुई जना पक्राउ । महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा । नवलपुरमा सवारीसाधन दुर्घटना हुँदा २५ जना घाइते । एनपीएल: लिग चरणका खेल सम्पन्न, आज विश्राम ।

३० कात्तिक, खार्तुम । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ । आइतबार अबु कल्ब गाउँमा भएको आक्रमणमा अन्य केही घाइते भएका छन् भने कैयौँ घरमा आगलागी भएको स्थानीय अधिकार अनुगमन संस्थाले जनाएको छ ।

स्थानीय अधिकार अनुगमन संस्था कोर्डोफान अब्जर्भेटरीका अनुसार सेनाले एउटै क्षेत्रमा दुईपटक ड्रोन प्रहार गरेको थियो । पहिलो प्रहार गाउँको सार्वजनिक चोकमा भएको थियो, जहाँ बालबालिका फुटबल खेलिरहेका थिए । दोस्रो प्रहार स्थानीयका घरमा हुँदा धेरै घरमा आगलागी भएको थियो ।

आफ्नो सुरक्षा जोखिमका कारण नाम सार्वजनिक नगर्न आग्रह गरेका एक जीवित व्यक्तिले सञ्चार अवरोध छल्न स्याटेलाइट इन्टरनेट प्रयोग गरी घटनाबारे जानकारी दिएका छन् । उनका अनुसार आक्रमणमा १५ जनाले ज्यान गुमाएका छन् । मारिएकामध्ये नौ जना उनका आफन्त थिए । उनले युद्धमा यसअघि नै बुबा गुमाएका दुई बालबालिकासमेत आक्रमणमा मारिएको बताएका छन् ।

सुडानी सेनाले सन् २०२३ को अप्रिलदेखि जारी युद्धमा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्ने प्रयासस्वरूप पश्चिम कोर्डोफान राज्यमा प्रत्याक्रमण गरिरहेको छ । सोही क्रममा गाउँमा आक्रमण भएको हो ।

सहायता क्षेत्रमा कार्यरत अधिकारीहरूको अनुमानअनुसार सुडानको युद्धमा अहिलेसम्म दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । युद्धले विश्वकै ठूलो भोकमरी र विस्थापन सङ्कटसमेत निम्त्याएको छ ।

संयुक्त राष्ट्रसङ्घले युद्धरत दुवै पक्षले व्यापक रूपमा ड्रोन प्रयोग गरिरहेको भन्दै बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ । सन् २०२६ को पहिलो छ महिनामा मात्रै ड्रोन आक्रमणमा एक हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । यस वर्ष भएका बालबालिकासम्बन्धी सयौँ हताहतीमध्ये करिब दुई तिहाइको मृत्यु वा घाइते हुनुमा ड्रोन आक्रमण जिम्मेवार रहेको राष्ट्रसङ्घले यसै साता बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय