FLASH NEWS
नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर ।

साताको दोस्रो कारोबार दिन सोमबारसेयर बजार मापक नेप्से परिसूचक मंगलबार २६.१६ अंकले घटेको छ । लगानीकर्ताको बिक्री दबाब बढ्दा नेप्से २६.१६ अंकले ओरालो लागेर २६७४.४८ विन्दुमा बन्द भएको हो।

आज परिसूचक ०.९६ प्रतिशतले घटेको छ। कारोबारमा सहभागी अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्दा बजारमा व्यापक गिरावट देखिएको हो। कारोबार भएका ३५३ कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको मात्रै मूल्य बढेको छ। ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

बजारको संवेदनशीलता मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले घटेर ४६१.४८ विन्दुमा झरेको छ। नेप्सेअन्तर्गत रहेका १३ उपसूचकमध्ये १२ वटा समूह राताम्य बनेका छन् भने एउटा उपसूचक मात्रै हरियो रहन सफल भएको छ।

परिसूचकसँगै कारोबार रकममा पनि सामान्य कमी आएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा आज ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

आज ३५३ कम्पनीका १ करोड ४० हजार १६४ कित्ता सेयर ७२ हजार ८५४ पटक खरिद–बिक्री हुँदा उक्त कारोबार रकम पुगेको हो।

यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ, जसले बजारमा उतारचढावको तीव्रता देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय