FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र शुरू भएकाे छ । बन्दसत्र केहीबेरअघि शुरू भएकाे हाे ।

सभापति लामिछानेले घण्टी बजाएर बन्दसत्रको शुरुआत गर्नुभएकाे हाे । बन्दसत्रमा पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह उपस्थित हुनुभएकाे छैन । अन्य पदाधिकारी र धेरैजसाे प्रतिनिधि हलमा हुनुहुन्छ ।

बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरूलाई नागरिकले विश्वास गरेको बताउँदै परिणाम दिनुपर्नेमा जोड दिनुभयो ।

रास्वपाको नयाँ नेतृत्व छान्नका लागि भोलि चुनाव हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि चुनावकाे प्रक्रिया अघि बढ्ने छ ।

मतदानमा ८० वटा विद्युतीय उपकरणकाे प्रयाेग हुने रास्वपाले जनाएकाे छ । महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’ बाट मतदान गर्ने व्यवस्था छ ।

१ सभापति र ९९ जना केन्द्रीय सदस्य छान्न मतदान हुने प्रमुख केसीले जानकारी दिनुभयो । कुनै उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार हुन पाउने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय