FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार बिहान वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्। ​आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए।

रास्वपाको विधानअनुसार उपसभापति ३ जना रहनेछन्। जसमा चुनावबाट एक महिला अनिवार्यसहित २ जना चुनिनेछन् भने १ जना सभापतिबाट मनोनयन हुनेछन्। तीमध्ये पुरुषतर्फ वाग्ले निर्विरोध चुनिएका हुन्। यसअघि वाग्ले निर्वाचनबाट केन्द्रीय सदस्य चुनिएका थिए। रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदबाहेक अन्य पदाधिकारीका लागि पहिले केन्द्रीय सदस्य चुनिनुपर्छ।

केन्द्रीय सदस्य पदको निर्वाचनमा वाग्लेले खुलातर्फ सबभन्दा बढी २६०७ मत ल्याएका थिए। रास्वपाको सभापति पदमा पनि रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय