FLASH NEWS
नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ। उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएपछि मतदान सुरु गरिएको हो।

दाबी–विरोधको प्रक्रिया, अन्तिम उम्मेदवारको नामावली प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारहरूको विवरण प्रविष्ट गर्न समय लागेकाले मतदान निर्धारित समयभन्दा केही ढिलो सुरु भएको निर्वाचन समितिले जनाएको छ।

यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। खुला उपसभापति पदमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्।

अब महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुँदैछ। महिला उपसभापतिमा सोबिता गौतम र तोसिमा कार्की बीच प्रतिस्पर्धा भइरहेको छ।

महामन्त्री पदका लागि सुरुमा धेरै उम्मेदवारी परे पनि क्रमशः उम्मेदवारी फिर्ता हुने क्रम जारी रह्यो। कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदीश खरेल, शिशिर खनाल र राजुनाथ पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्।

उम्मेदवारी फिर्ता लिनेमध्ये प्रमोद न्यौपाने, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल, शिशिर खनाल तथा राजुनाथ पाण्डेले विपिन आचार्य लाई समर्थन गरेका छन्। त्यसपछि महामन्त्री पदको प्रतिस्पर्धामा विपिन आचार्य, मनीष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल गरी पाँच उम्मेदवार मैदानमा रहेका छन्।

सहमहामन्त्रीतर्फ दुई खुला र एक महिला पदका लागि कुल १६ जनाको उम्मेदवारी परेको छ। खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी प्रतिस्पर्धामा छन्।

महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा उम्मेदवार रहेका छन्।

पदाधिकारी चयनमा सहमति जुटाउने प्रयास सफल हुन नसकेपछि अन्ततः निर्वाचनमार्फत नेतृत्व चयन प्रक्रिया अघि बढाइएको र मतदान जारी रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय