राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापतिमा सोविता गौतम निर्वाचित हुनुभएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा शुक्रबार भएको मतदान प्रक्रियाबाट उहाँ निर्वाचित हुनुभएको हो । उपसभापति पदमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम विजयी हुनुभएको हो । गौतम नेपाल सरकारको कानुन न्याय तथा संसदीय मामिलामन्त्रीसमेत हुनुहुन्छ ।
त्यसैगरी महामन्त्रीमा विपिन आचार्य विजयी हुनुभएको छ । महामन्त्री पदका अर्का प्रत्यासी मनिस झालाई पराजित गर्दै आचार्य विजयी हुनुभएको हो ।
उपसभापति पदमा गौतम निर्वाचित भएलगत्तै उहाँकी प्रतिद्वन्द्वी कार्कीले बधाई दिनुभएको छ । कार्कीले फेसबुकमा लेख्नुभएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा माननीय सोविता गौतमज्युलाई हार्दिक बधाई दिन चाहन्छु।’






