FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शुक्रबार भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन्।

शाहीले पार्टीभित्रका आन्तरिक विवादहरूलाई महाधिवेशनमार्फत नै समाधान गर्नुपर्ने बताउँदै विवादलाई संस्थागत प्रक्रियाबाट टुंगो लगाउनेमा जोड दिए। उनले आफ्नो लक्ष्य केवल अध्यक्ष परिवर्तन मात्र नभई सम्पूर्ण पार्टी संरचनामा “सेट चेन्ज” ल्याउने रहेको उल्लेख गरे।

शाहीले पार्टीको माथिदेखि तलसम्म संरचनागत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै राप्रपालाई आफ्नै बलमा प्रतिस्पर्धी राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। राप्रपाको महाधिवेशन मंसिर २६–२८ गते काठमाडौंमा हुने तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय