FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३१ असार, जनकपुर । बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर भएका छन् ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो । सजाय निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ ।

पीडित पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरका थिए । विपक्षीबाट अधिवक्ता विजय मिश्र सहित १४ जनाले बहस गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध २०८१ साल माघ ३ गते जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन । प्रहरीले २०८१ चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो ।

२०८१ जेठ ४ गते अहिराजले कोठामा कोही नभएको बेलामा पीडितमाथि पटकपटक बलात्कार गरेको आरोप छ । उक्त घटनापछि पनि कसैलाई बताए मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ ।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए । बलात्कार आरोपमा अहिराज २०८२ साल साउन ४ गते पक्राउ परेका थिए ।

राजेश अहिराज (राजेश झा) मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख, पत्रकार तथा मधेशवादी कार्यकर्ता हुन् । उनी मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादकरप्रकाशक थिए र मधेश आन्दोलन तथा मधेशवादमा पीएचडी गरेका छन् । उनी २०७७ फागुन ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय