FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३१ असार, काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ६ जना सचिवको सरूवा गरेको छ । तीन महिनाअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाइएका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयमा सरुवा गरिएको छ ।

सो मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगेर अतिरिक्तमा राखिएको छ । सचिव राउतको तीन महिना अघि निर्वाचन आयोगबाट उद्योग मन्त्रालयमा सरूवा भएका थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई लगिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा लगिएको छ । राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई सरूवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय