FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

विराटनगर । कर्णाली प्रदेशमा कांग्रेसका सबै मन्त्रीले मुख्यमन्त्रीसमक्ष राजीनामा दिएपछि कांग्रेस–एमाले गठबन्धनको भविष्यलाई लिएर कोशी प्रदेशमा पनि राजनीतिक चासो बढेको छ । सुदूरपश्चिममा समेत गठबन्धनबीच मतभेद देखिइरहेका बेला कोशी सरकारको निरन्तरताबारे चर्चा सुरु भएको हो ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले भने प्रदेशको सत्ता समीकरण नटुट्ने दाबी गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले कोशीमा कांग्रेस–एमालेबीचको सहकार्य यथावत् रहने बताए ।

उनले बहुमतका आधारमा सरकार गठन हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै कोशी प्रदेशको वर्तमान गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारे ।

कोशी प्रदेशमा आलोपालो नेतृत्वको सहमति रहेको दाबी भइरहेका बेला हाल एमाले सचिव हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् ।

आर्थिक वर्ष २०८३÷८४ को बजेटका विषयमा कांग्रेस सांसदहरूले सुरुआती चरणमा असन्तुष्टि जनाए पनि दलहरूबीच सहमति भएपछि बजेट प्रदेशसभाबाट पारित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय