FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

 नेपाली कांग्रेसले कोसी प्रदेशमा नेकपा एमालेसँगको सहकार्य टुंग्याउने निर्णय गरेको छ । कोशी प्रदेश सरकारबाट बाहिरिने विषयमा नेपाली कांग्रेसले निर्णय गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार परिस्थिति अनुसार निर्णय गर्नका लागि कार्यदलले संसदीय दलका नेता तथा पार्टी प्रदेश सभापति उद्धव थापालाई अधिकार दिएको छ ।

कार्यदलको आकस्मिक बैठक एमालेसँगको सहकार्य अन्त्य गर्ने निश्कर्ष निकालेको हो । कार्यदलको बैठक चलिरहेकै समयमा केन्द्रीय सभापति तथा उपसभापति लगायतका शीर्ष नेताहरूको टेलिफोन आएपछि बैठकलाई सोही निश्कर्षका साथ टुंग्याइएको हो । संसदीय दलका नेता उद्धव थापाका अनुसार केन्द्रको निर्देशन प्राप्त भएपछि मात्रै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा निर्णय हुनेछ ।

कोसी प्रदेशमा हाल संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको सरकार क्रियाशील रहेकाले सत्ता संकट र नयाँ सरकार गठनको प्रक्रिया अन्य प्रदेशको तुलनामा केही फरक र जटिल छ । एमालेसँगको सहकार्य टुंगिएसँगै अब कसरी अगाडि बढाउने भन्ने विषयमा थप आन्तरिक छलफल र अन्य राजनीतिक दलहरूसँग संवाद गरेर मात्र औपचारिक कदम चाल्ने कांग्रेसको भनाइ छ ।

एमालेसँगको गठबन्धन भत्किएसँगै कोसी प्रदेशमा कांग्रेसले आगामी राजनीतिक कदमका लागि तीन वटा मुख्य विकल्पहरू अगाडि सारेको छ । पहिलो विकल्पका रूपमा केन्द्रमा एमालेसँग पुनः सहकार्यको वातावरण बन्ने परिस्थिति सिर्जना भएमा त्यसैलाई निरन्तरता दिने रहेको छ ।

दोस्रो विकल्पका रूपमा एमालेसँगको सहकार्य पूर्ण रूपमा अन्त्य भएमा नेकपा तथा अन्य साना दलहरूसँग मिलेर नयाँ सरकार गठन गर्ने र तेस्रो विकल्पका रूपमा यी दुवै अवस्था नबनेमा कांग्रेस कोसी प्रदेशमा सशक्त प्रतिपक्षको भूमिकामा बस्ने रणनीति कांग्रेसको छ ।

बैठकमा कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता थापा, उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सचेतक मैयाँ श्रेष्ठ, ज्येष्ठ सदस्य गयानन्द मण्डल, महामन्त्री उमेश थापा तथा नेता अमृत अर्याललगायतका शीर्ष नेता उपस्थिति थिए ।

कांग्रेसको तर्फबाट कोसी सरकारको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार भने बैठकमा अनुपस्थित रहे । मन्त्री सुनुवार अनुपस्थित हुनुले पार्टी संगठन र सरकारमा सहभागी टोलीबीच मतभेद देखिएको छ । हाल कोसी सरकारमा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री सहभागी छन् ।

जसमा भौतिक पूर्वाधारमन्त्री सुनुवारसहित उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय