FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१३ असोज, काठमाडौं । नेपाल र बेलायतका सांसदबीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना हुने भएको छ । नेपाल–बेलायत संसदीय मैत्री समूहको पहलमा आगामी वर्ष फेब्रुअरी २७ मा दुई देशका सांसदबीच क्रिकेट खेल आयोजना गर्न लागिएको हो ।

प्रस्तावित कार्यक्रमअनुसार पहिलो खेल काठमाडौँको त्रिवि क्रिकेट मैदानमा हुनेछ भने दोस्रो खेल पर्यटकीय सहर पोखरामा आयोजना गरिनेछ । दुई खेलमार्फत नेपाल र बेलायतबीच संसदीय सम्बन्धसँगै खेलकुदका माध्यमबाट समेत सम्बन्ध विस्तार गर्ने उद्देश्य राखिएको छ ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाका अनुसार मैत्रीपूर्ण प्रतियोगिताले दुई देशका सांसदबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल र बेलायतबीच लामो समयदेखि वैदेशिक रोजगारी, पर्वतीय कूटनीति, पर्यटन, संस्कृति तथा संसदीय अभ्यासका क्षेत्रमा सहकार्य हुँदै आएको छ । यसै सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले क्रिकेटलाई समेत सहकार्यको माध्यम बनाउन लागिएको हो ।

नेपाल–बेलायतबीचको संसदीय सम्बन्धलाई थप प्रभावकारी बनाउने, पर्यटन तथा संस्कृतिको प्रवद्र्धन गर्ने र दुई देशका सांसदबीच आपसी अनुभव तथा सम्बन्ध विस्तार गर्ने विषयलाई समेत कार्यक्रमले प्राथमिकता दिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय