FLASH NEWS
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने । धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम । स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार । जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती । पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक । २४ घण्टामा ट्राफिकले गर्यो ६७५ जनालाई कारबाही । यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर । आज मौसम मुख्यतया सफा रहने । विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान । रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने । कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत । नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि ।

१५ असोज, विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा हुने भनिएको मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असोज २२ र २३ गते गर्ने भनिएको सम्मेलन असोज २७ र २८ गते गर्ने निर्णय गरेको हो ।

विराटनगरमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहनेछ । सम्मेलनमा संघीयता कार्यान्वयनका विषयमा छलफल गर्ने सरकारको योजना छ ।

यस्तै, मन्त्रिपरिषद् बैठकले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले बैठकका निर्णयबारे जानकारी दिँदै उक्त जानकारी दिएका हुन् ।

बैठकले प्रदेश निजामती सेवा प्रथम संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । चालु आर्थिक वर्षका लागि सामाजिक विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका निकायमा आवश्यक अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको मन्त्री शेर्पाले बताए ।

यसैगरी, प्रदेश योजना आयोगमा विराटनगरका तोयानाथ खतिवडा ‘रुपेश’ र खोटाङकी हरिकुमारी राईलाई नियुक्त गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय