FLASH NEWS
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम । स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार । जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती । पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक । २४ घण्टामा ट्राफिकले गर्यो ६७५ जनालाई कारबाही । यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर । आज मौसम मुख्यतया सफा रहने । विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान । रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने । कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत । नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि । प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने ।

१६ असोज, काठमाडौं । सोसलिस्ट इन्टरनेसनलकी महासचिव चान्त्याल काम्बिवा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाल आएकी छन् ।

महासचिव काम्बिवालाई नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरेका छन् । स्वागतपछि नेपाली कांग्रेस र सोसलिस्ट इन्टरनेसनलबीच आपसी सहकार्य तथा आगामी गतिविधिका विषयमा दुई पक्षीय संवाद भएको पौडेलले बताए ।

उनका अनुसार नेपाली कांग्रेस र सोसलिस्ट इन्टरनेसनल मिलेर नेपालमा एसिया प्यासिफिक रिजनको बैठक छिट्टै आयोजना गर्ने निर्णय भएको छ । उक्त बैठकको समन्वय सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष खगेन्द्र जिसीले गर्ने निर्णय भएको उनले बताए ।

उनले भने, ‘सोसलिस्ट इन्टरनेसनलको महासचिव चान्त्याल नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन काठमाडौं आउनुभएको छ । उहाँ हाम्रो केन्द्रीय कार्यालयमा आउनुभयो । सो क्रममा सोसलिस्ट इन्टरनेसनल र कांग्रेसको सम्बन्धका बारेमा, आगामी दिनमा कांग्रेस र सोसलिस्ट इन्टरनेसनलका गतिविधिहरूलाई सँगसँगै अगाडि लाने बारेमा दुई पक्षीय संवाद गर्यौँ ।’

उनले समावेशिता, महिला सशक्तीकरण, जलवायु परिवर्तन र समाजवादसम्बन्धी बहसका विषयमा पनि सोसलिस्ट इन्टरनेसनलसँग सहकार्य गर्ने समझदारी भएको बताए ।

‘सोसलिस्ट इन्टरनेसनलसँग समावेशिताको, महिला सशक्तीकरण, क्लाइमेट चेन्ज र समाजवादसम्बन्धी बहस गर्ने विषयमा हामीले आपसी सहकार्य गर्ने गरी थुप्रै समझदारीहरू आज कायम भएको छ,’ उनले भने ।

उनका अनुसार काम्बिवाको नेपाल भ्रमणले नेपाली कांग्रेस र सोसलिस्ट इन्टरनेसनलबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्नेछ ।

यसैबीच, नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहका लागि काम्बिवाले सोसलिस्ट इन्टरनेसनलको तर्फबाट शुभकामना पत्र तथा सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष एवं स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज र महासचिव काम्बिवाको शुभकामना सन्देश लिएर आएकी छन् ।

कांग्रेसको महाधिवेशन उद्घाटन समारोह कारणवस दुई दिन सरेपछि काम्बिवा नेपालमा बसिरहन नसक्ने अवस्था बनेको पौडेलले बताए । त्यसैले उनले शुभकामना सन्देश पार्टीलाई हस्तान्तरण गरेकी छन् ।

पौडेलले ती शुभकामना सन्देश महाधिवेशनको उद्घाटन समारोहमा वाचन गरी सार्वजनिक गरिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय