FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१८ असोज, वीरगञ्ज । जनमत पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दैछ । पर्साको वीरगञ्जमा शनिबारदेखि सुरु भएको पार्टीको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।
२६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो । पार्टी पर्साका अध्यक्ष तथा महाधिवेशन व्यवस्थापन समितिका संयोजक ओमप्रकाश सर्राफका अनुसार शनिबार राति ९ बजेदेखि मतगणना सुरु भएको थियो ।

अध्यक्ष पदमा डा. सिके राउतको मात्र उम्मेदवारी परेको छ । उनी निर्विरोध निर्वाचित हुने निश्चित छ । पार्टीको विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले राउतको पक्षमा पनि मतदान भएको छ ।

७ उपाध्यक्ष पदका लागि ११ जना, महासचिवमा तीन जना, उपमहासचिवमा दुई जना र सात सचिव पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको छ । कार्यकारिणी सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशनमा कुल १ हजार १५५ प्रतिनिधिले मतदानमा भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय