FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीका सर्वोच्च नेता शेरबहादुर देउवाको १५औँ महाधिवेशनमा उपस्थितिको अपेक्षा गरिएको बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी नेता विश्वकर्माले कांग्रेसभन्दा बाहिर रहेका नेताहरूलाई पनि पार्टीको मूलधारमा समेट्ने प्रयास भइरहेको बताए । त्यसका लागि महाधिवेशनको कार्यतालिका समेत लचिलो ढंगले संशोधन तथा पछाडि सार्ने काम भइरहेको उनले बताए ।

उनले लामो राजनीतिक अनुभव र नेपाली लोकतन्त्रमा योगदान गरेका नेता देउवा महाधिवेशनमा उपस्थित भएर सम्बोधन गर्ने र पार्टीको ऐतिहासिक धरोहरको निरन्तरता कायम गर्ने विश्वास व्यक्त गरे ।

देउवाको उपस्थिति निश्चित भइसकेको हो भन्ने प्रश्नमा विश्वकर्माले निश्चित भएको भए आफूले नै ‘आउँदै हुनुहुन्छ’ भनेर भनिसक्ने भन्दै अहिले अपेक्षा र विश्वास मात्रै रहेको बताए ।

उनले देउवाको उपस्थितिले उनको राजनीतिक व्यक्तित्व र गरिमालाई सुखद बहिर्गमनका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए । देउवा नेपाली जनतामाझ लोकप्रिय तथा कांग्रेसको साझा नेता भएकाले महाधिवेशनमा उनको उपस्थितिको अपेक्षा गरिएको उनले उल्लेख गरे ।

नेता विश्वकर्माले नेपाली कांग्रेस कुनै स्थानीय, जातीय वा धार्मिक पार्टी नभई राष्ट्रिय पार्टी भएकाले नेपाली समाजको विविधतालाई सम्बोधन गर्न सक्ने साझा नेतृत्व आवश्यक रहेको बताए । नेपाली राजनीतिमा देखिएको वैचारिक विचलनलाई सम्बोधन गर्दै विचारको नेतृत्व गर्न र सबै राजनीतिक शक्तिलाई समन्वय गर्न सक्ने नेतृत्व कांग्रेसमा आवश्यक रहेको उनले बताए ।

उनले कांग्रेसको वर्तमान कार्यसमितिमा सक्षम नेताहरू रहेको उल्लेख गर्दै उनीहरूमध्येबाट नयाँ नेतृत्व आउने बताए । पछिल्लो परिस्थितिमा कांग्रेसका वर्तमान सभापति गगनकुमार थापा सर्वसम्मत सभापति बन्ने सम्भावना आफूले पनि देखेको विश्वकर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय