FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हाल भारत भ्रमणमा रहेका छन् । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा लामिछाने सोमबार ५ दिने भ्रमणका लागि दिल्ली पुगेका हुन् ।

आज मंगलबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले उच्चस्तरीय राजनीतिक भेटवार्ता भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटमा भाजपा अध्यक्ष नितिन नविन लगायतका नेताहरू सहभागी हुने कार्यक्रम रहेको छ। रास्वपाका अनुसार छलफल दुई देशका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्यका सम्भावना तथा नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित हुनेछ।

भारत भ्रमणका क्रममा प्रतिनिधिमण्डलले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटसमेत गरिरहेको छ। यस भ्रमणलाई नेपाल र भारतका प्रमुख राजनीतिक शक्तिबीच संवाद तथा अनुभव आदानप्रदानको अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय