FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

बागमती प्रदेश सरकारको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ।

शनिबार बसेको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले संसदमा पेश गरेको प्रदेश सरकारको प्रदेश आर्थिक विधेयक २०८३ प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख अप्सरा चापागाईं घोषणा गरिन्।

मन्त्री तामाङले पेश गरेको प्रस्तावलाई चापागाईंले निर्णयार्थ पेश गरेकी थिइन्। प्रस्तावलाई ध्वनि मतका आधारमा बहुमतले पारित गरिएको हो।

बागमती सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको थियो। गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री तामाङले प्रस्तुत गरेको बजेट माथि असार १६ गतेदेखि छलफल चलेको थियो।

बजेट पारित गर्न सरकारको नेतृत्वमा रहेको दल नेपाली कांग्रेसभित्रै असन्तुष्टि बढेपछि ‘ह्वीप’ जारी गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय