FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१४ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रु ५० लाख सहयोग गर्नेभएको छ ।

नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले आज एक विज्ञप्ति जारी गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका छन् । नाइमाले बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

विपद्को सुरुवाती समयदेखि नाइमामा आबद्ध सदस्य कम्पनीले आर्थिक, यातायात तथा लजिस्टिक माध्यमबाट उद्धार कार्यमा सहयोग पुर्याउँदै आएका आज जारी विज्ञप्तीमा जनाइएको छ । “हाम्रो स्थापना कालदेखि हामीले विपद्को समयमा सरकारलाई सहयोग गर्दै आएका छौँ, यसपटक पनि हाम्रा सदस्य कम्पनीले देखाउनुभएको तत्परता प्रशंसनीय छ ।

सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले मात्र राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सकिन्छ”, अध्यक्ष वैद्यले भने । नाइमाले उद्धार कार्यमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको उच्च सम्मान गर्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकार भएका निकायलाई आफ्नो क्षमताअनुसार सहयोगमा हातेमालो गर्नसमेत अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय