FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१७ भदौ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबारको एक दिनका लागि सार्वजनिक बिदा दिएको छ ।

सुदूरपश्चिमको सांस्कृतिक पर्व गौराका अवसरमा पालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिएका छन् ।

“गौरा पर्व यहाँको प्रमुख पर्वका अवसरमा पालिकाले एक दिन स्थानीय बिदा गरेको हो”, उनले भने, “बिदामा अत्यावश्यक सेवाबाहेकमा सेवा बन्द रहनेछन् ।” मङ्गलबार पञ्चमीका दिनदेखि विधिवत् रुपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज ब्रतालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदै छन् । गौरापर्वको तेस्रो दिन भोलि ब्रतालु महिलाले गौरादेवीलाई गौरा घरमा भित्र्याएर पूजाआजा गर्ने गर्छन् ।

प्राचीनकालदेखि पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा गरिँदै आएको छ ।

गौराकै अवसरमा सुदूरपश्चिममा देउडा खेलसमेत हुने गरेको छ । महिलाले गौराको ब्रत बस्ने गरेका छन् भने पुरुषले यो सुदूरपश्चिमका लोकगीत देउडा डुस्को, धुमारी खेल खेल्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय