FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिहीबार कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले गत जेठ २८ गते सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ७ लाख ५ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो । 

कम्पनीको आईपीओमा २८ लाख ९४ हजार २३२ आवेदकबाट ३ करोड १० लाख ३३ हजार १८० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये २८ लाख ५० हजार २५ आवेदन स्वीकृत भएको छ भने ४४ हजार २०७ आवेदन रद्द भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ । जसअनुसार ७० हजार ५५० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

कम्पनीको आईपीओमा आवेदन दिएका लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो सेयरबाट पनि आईपीओको रिजल्ट हेर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय