FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मातहतका सबै क्याम्पसलाई पत्र पठाएर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का संरचना हटाउन निर्देशन दिएको छ।

सोमबार त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले मातहतका सबै क्याम्पसलाई पत्र पठाएर स्ववियुका संरचना हटाउन भनेको हो। निर्देशनालयका उप-प्रशिक्षक सन्देशकुमार रेग्मीको हस्ताक्षर रहेको पत्रमा ६० दिनभित्र दलिय विद्यार्थी संगठन हटाउन भनेको छ।

यससँगै निर्देशनालयले स्ववियुको ठाउँमा ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ गठन गर्न पनि भनेको छ। पत्रमा ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ गठन गरी त्यसको जानकारी निर्देशनालयमा गराउन भनिएको छ।

‘विश्वविद्यालय अनुदान आयोगको र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्रअनुसार, शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय र विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्न भन्ने उल्लेख भई आएकोले सोही अनुसार गरी गराई यस निर्देशनालयमा यथासिघ्र छिटो जानकारी गराउन हुन निर्देशानुसार अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय