FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

माईतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरुलाई प्रहरीले बाटोमा नै रोकेको छ । लामो समयदेखि माईतीघरमा धर्ना दिएर बसेका दृष्टिविहीनहरु बिहीवार सिंहदरबार घेराउ गर्ने तयारीमा थिए । तर उनीहरुलाई प्रहरीले बिच बाटोबाट नै फर्काइदिएको हो ।

दृष्टिविहीनहरुको माग सम्बोधन गर्न दबाब दिन उनीहरुले सिंहदरबार घेराउको रणनीति बनाएका थिए । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरु सरकारले व्यवसाय गर्न नदिएको भन्दै ११ दिनदेखि धर्ना दिइरहेका छन् ।

सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रुपमा गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरूको माग छ ।

माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृष्टिविहीन साधन सुब्बाले बताए । उनले बुधबार नेकपा एमालेको पार्टी कार्यलय अगाडी धर्ना दिएको पनि जानकारी दिए । आफूहरूको मागमा एमालेले ऐक्यवद्धता जनाएपनि धर्ना सहज रुपमा गर्न नदिएको उनको गुनासो छ ।
उनले एमालेको पार्टी कार्यलयमा दिएको धर्ना भने सफल भएको बताए । एमालेले आफूहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय