FLASH NEWS
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” ।

साउन १ गते देखि काठमाडौंमा महिलाका लागि ८ वटा ब्लू बस सञ्चालन गरिने, बस सेवा निशुल्क हुने सरकारले काठमाडौंमा पनि महिलाका लागि ब्लू बस चलाउने भएको छ । यो बसलाई साउन एक गते देखि सञ्चालनमा ल्याइने छ ।

बस प्रारम्भिक चरणमा बुढानीलकन्ठबाट गोदावरीसम्म २ वटा, नागढुंगाबाट एयरपोर्टसम्म २ वटा तथा चक्रपथमा ‘क्लकबाइज’ र ‘एन्टी–क्लकवाइज’ २/२ वटा बस सञ्चालन हुने छ । महिलाका लागि मात्रै तोकिएको उक्त बसमा महिलाहरु निशुल्क रुपमा चढ्न पाउनेछन् । बस सञ्चालनबापत लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।

सुरुमा उक्त बस बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालनको तयारी गरिएको छ । सरकारले साझा यातायातको रङ फेरेर ‘ब्लु बस’ सञ्चालनमा ल्याउने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय