FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको आरएसपीइआरएस नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०ः३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सांसदहरूलाई आरएसपीइआरएस प्रणालीको प्रयोग तथा साइबर सुरक्षासम्बन्धी सचेतनाबारे जानकारी दिइने जनाइएको छ ।

रास्वपाले बैठकपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ। सांसदहरूबीच भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने, संसदमा उठाउने विषयवस्तु प्रणालीमै प्रविष्ट गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट र अन्य गतिविधिको विवरण पनि सोही पोर्टलमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी नागरिकले आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग यही डिजिटल माध्यमबाट गुनासा तथा सुझाव दर्ता गर्न सक्ने, ती गुनासाको ट्र्याकिङ हुने र सोही आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कन गर्न सकिने सुविधासमेत प्रणालीमा समावेश गरिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय