FLASH NEWS
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द गरिएको छ । शुक्रबारदेखि अर्को सूचना नभएसम्मका लागि सफारी बन्द गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

‘बर्खायाममा निकुञ्जमा पर्यटन गतिविधि बन्द हुन्छन्, यो सिजनमा सधैं सफारी बन्द गरिन्छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले भने, ‘अब बर्खा सकिएपछि मात्रै सफारी खुल्ला हुन्छ ।’ उनका अनुसार संरक्षित क्षेत्रहरुमा बर्खायामा पर्यटन गतिविधि बन्द हुने गर्छन् ।

बर्खायाममा सफारीका लागि हिलोका कारण बाटो समेत बिग्रिने गर्छ । जसकारण सफारी गर्न समस्या हुन्छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्षमा करिब ३८ सय पर्यटकहरुले भ्रमण गरेका छन् । जुन गत विगतकै हाराहारी हो । प्रचारप्रसारको अभावदेखि भौिितक पूर्वाधारको अभावका कारण यहाॅ पर्यटकको संख्या बृद्धि हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय